
२७ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सोमबार भेटघाट भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटका क्रम नागरिकता विधेयक र मुलुकको समसामयिक बिषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ । यसअघि राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्दा थापाले समर्थन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4