+
+

सानिमा इक्विटी फन्डले इकाइधनीलाई २२ प्रतिशत नगद प्रतिफल दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १३:०७

२८ भदौ, काठमाडौं । सानिमा इक्विटी फन्डले २०७८/७९ को मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको उक्त फन्डले इकाइधनीलाई २२ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

सोमबार बसेको सानिमा क्यापिटलको सञ्चालक समिति बैठकले कोष प्रवर्द्धक सानिमा बैंक रहेको १ अर्ब ३० करोडको उक्त फन्डले गत आर्थिक वर्षमा कमाएको नाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो ।

सानिमा इक्विटी फन्डले गत आवको मुनाफबाट २८ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश इकाइधनीले प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?