+
+

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित होइन : विशाल भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १५:३१

२८ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठक पछि बोल्दै प्रमुख सचेतक भट्टराईले भने, ‘निर्वाचन आयोगले हाम्रो कार्यकाल तोक्ने कुरा उचित होइन ।’

उनले प्रतिनिधिसभाको कार्यकालबारे सरकारले विधेयक ल्याउने तयारी गरे पनि विरोधपछि त्यो पनि झन अन्योल भएको बताए ।

भट्टराईले अगाडि भनेका छन्, ‘हामीले हालेको संशोधनका कारण सरकार ब्याक भयो । विगतको अभ्यासका आधारमा पनि समानुपातिकको बन्दसूची पेश गर्ने अघिल्लो दिन अर्थात असोज १ गते नै प्रतिनिधिसभाको कार्यदल सकिनुपर्छ ।’

बैठकमा काङ्ग्रेस सांसद मीन विश्वकर्मा, भीमसेनदास प्रधानले पनि प्रतिनिधिसभाको कार्यकाल सम्बन्धमा निर्वाचन आयोगले संघीय संसदलाई पठाएको पत्रका सम्बन्धमा विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?