
२८ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले निर्वाचन आयोगको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै महासचिवल गुरूङले आयोगको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने बताएका हुन् ।
उनले भने, ‘निर्वाचन आयोगको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लान्छ । यो संविधानको भावनासँग मेल खादैन । संविधानको भावनामा प्रतिनिधिसभा अविछिन्न उत्तराधिकार नयाँ आएपछि पुरानोलाई विस्थापित गर्छ भन्ने हो ।’
उनले अब प्रतिनिसभाको कार्यकालबारे संसद सचिवालयले टुंगो लगाउनु पर्ने बेला आइसकेको बताए । उनले भने. ‘अब प्रतिनिसभाको कार्यकालबारे संसद सचिवालयले टुंगो लगाउनुपर्छ ।निर्वाचन आयोगले भने अनुसार नै हो भने सार्वभौम संसद कहाँ रह्यो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4