
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड, एनआईटीभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेड बीच त्रिपक्षीय सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्तालाई ईएमआई सुविधामा टीभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्रमा एनआईटीभी स्ट्रिम्ज र वर्ल्ड लिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले बैंकको इन्स्टापे सुविधा मार्फत टीभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज ईएमआईमा लिन सकिने व्यवस्था गरिएको छ ।
दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआईटीभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडले सञ्चालन गरेको फेसटिभिटी अफरमा ग्राहकले करिब ५६ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डका लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेड र एनआईटीभी स्ट्रिम्ज प्राइभेट लिमिटेडको नेपालस्थित सबै कार्यालयहरु मार्फत उपलब्ध हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4