
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ३१ भदौदेखि ‘सेन्चुरी फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी-२०२२’ आयोजना हुने भएको छ
२ असोजसम्म सञ्चालन हुने हस्पिटालिटीमा खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने छ ।यस वर्षको एक्स्पोमा बजारमा कुन-कुन फुड, बेभरेज एन्ड हस्पिटालिटी कम्पनीहरु छन् र हाल के-के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरुको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्नका लागि एक्स्पो भ्रमण गर्नुपर्ने आयोजकको भनाइ छ ।
एफबीएस २०२२ मा पहिले भन्दा धेरै प्रतिस्पर्धी ,सोर्सिङ र सुरक्षित आपूर्तिहरू बारे जानकारी पाउन सकिने र एफबीएस २०२२ धेरै महत्त्वपूर्ण हुने आयोजकको दाबी छ ।
सेन्चुरी एफबीएस २०२२ ले ३० हजार आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ । जसमध्ये व्यापारिक आगन्तुकहरु १२ हजार भन्दा बढी हुने अपेक्षा गरिएको छ । यसले होटल व्यवसायी, रेस्टुरेन्ट सञ्चालक, क्लब , बार/पब सञ्चालक, पार्टी प्यालेसका सञ्चालक, क्यान्टिन सञ्चालक लगायतलाई यो एक्स्पोले आकर्षित गर्ने विश्वास आयोजकको छ ।
यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत जानकारी लिन पाउनेछन् । यस एक्स्पोमा करिब १५० कम्पनीबाट करिब ५ हजार उत्पादन र सेवाहरु प्रस्तुत गरिने आयोजकको भनाइ छ । यस बाहेक कार्यक्रममा कम्पनीहरुले आफ्नो प्रडक्टको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विष्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुने बताइएको छ ।
यो कार्यक्रम फुड, बेभरेज एण्ड हस्पिटालिटीबारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजकको भनाइ छ ।
प्रतिक्रिया 4