
काठमाडौं । ‘नमस्ते पे’ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘चाडमा खर्च, नमस्ते पेले गर्छ, चाडको खर्च टर्छ’ योजना सार्वजनिक गरेको छ ।
४९ दिनसम्म सञ्चालन हुने यस योजनामा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासव्याक प्राप्त गर्ने ‘नमस्ते पे’ले जनाएको छ । प्रयोगकर्ताले जति धेरै ट्रान्जेक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासव्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट ट्रान्सफर र लोड फन्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू योग्य हुनेछन्।
‘नमस्ते पे’का अनुसार नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले १००० रुपैयाँ क्यासव्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड उडान टिकट पाउनेछन् ।
दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत क्यासब्याक पाउनेछन्। त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० रुपैयाँसम्म १० प्रतिशत क्यासव्याक पाउने ‘नमस्ते पे’ले जनाएको छ ।
प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइने छ जुन तीन पटक रिडिम गर्न सकिन्छ ।
थप रूपमा, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, उडान टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्ने ‘नमस्ते पे’को भनाइ छ।
प्रतिक्रिया 4