+
+

आईएनजी फुटसलको उपाधि हेराल्ड (पुरुषतर्फ) र इस्लिङ‍्टन (महिलातर्फ) कलेजलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:०९

काठमाडौं । आईएनजी फुटसल टुर्नामेन्ट-२०७९ को पुरुष तर्फको उपाधि हेराल्ड कलेजले जितेको छ भने महिलातर्फको उपाधि इस्लिङ‍्टन कलेजले जितेको छ  ।

महाराजगञ्जस्थित डुकु फुटसल हबमा भएको उपाधि भिडन्तमा पुरुष तर्फ आइएनजी स्किलको ‘टिम स्किल’लाई हराउँदै हेराल्ड कलेजले उपाधि जितेको हो । महिला तर्फ आईएनजी स्किलको ‘स्किल महिला टिम’ लाई पराजित गर्दै इस्लिङ‍्टन कलेजको ‘देवीको टिम’ले उपाधि जितेको हो ।

आईएनजी ग्रुपले आयोजना गरेको फुटसल प्रतियोगिताका विजेता टिम हेराल्ड कलेज र इस्लिङ‍्टन कलेजले नगद एक/एक लाख रुपैयाँसहित सम्मान पत्र, पदक र ट्रफी हात पारे ।

प्रतियोगिताको व्यवस्थापन गरेको आईएनजी  मानव संसाधन विभागकी प्रमुख सुविता कपालीले फुटसल प्रतियोगिताले कर्मचारीहरूलाई आवश्यक स्फूर्ती प्रदान गर्नुका साथै आफ्नो सीप प्रदर्शन गर्ने मौका पाएको बताइन् । यो प्रतियोगिताले कर्मचारीहरूबीच सद्भाव र सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?