
काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गर्ने गरी नेशनल पेमेन्ट स्वीचसँग सम्झौता गरेको छ ।
सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
क्यापिटले विगत ६ वर्षदेखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल–आईपीएस प्रणालीको प्रयोग गर्दै आएको जनाएको छ ।
नेशनल पेमेन्ट स्वीचको उक्त सम्झौतापछि क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गत विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4