
२८ भदौ, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस भइ आएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गर्ने निर्णय गरेको हो । १० दिनको गणना बुधबारबाट सुरु हुनेछ ।
२१ भदौमा बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा दीक्षित, शर्मा र पराजुलीको नाम सिफारिस गरेको थियो ।
गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुन् । शर्मा उच्च अदालत जनकपुरका न्यायाधीश हुन् । पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन् ।
न्यायपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ ।
प्रतिक्रिया 4