+
+

अशोक लेल्यान्डको चाडपर्व लक्षित योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १९:१८

काठमाडौं । आईएमई मोटर्सले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा ‘चाडपर्व, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ अफर सार्वजनिक गरेको छ । सो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् ।

आईसीभी/ट्रक/टिप्पर/आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिंगापुर टुर पाउनेछन् ।

एम एन्ड एचसीभी/ट्रक/टिप्पर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई युरोप टुरमध्ये एक छानेर लिन सक्नेछन।

कम्पनीका अनुसार उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ता बन्दीमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिदगर्न सक्नेछन् । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?