
२९ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक पूर्व निर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।
नेताहरुका अनुसार प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारिएको हो ।
आज बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजेसम्मलाई सारिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसद बैठकमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरवारमा बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4