
२९ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले बहालवालाल न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ ।
समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो ।
चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।
अर्को बैठक बिहीबार बस्ने छ । तर, बैठकको समय भने यकिन भइनसकेको समितिका ज्येष्ठ सदस्य रामबहादुर बिस्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4