
२९ भदौ, काठमाडौं । दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) नयाँ नोट साट्न थालेको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् ।
गतवर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।
नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने उनले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4