+

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बहराइनसँग खेल्दै

२०७९ भदौ  २९ गते १३:२५ २०७९ भदौ २९ गते १३:२५
एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बहराइनसँग खेल्दै

२९ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ ।

नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले दुई खेल हारेपछि नेपालको छनोट हुने सम्भावना कम रहेको र अब शतप्रतिशत खेल खेल्ने बताएका छन् ।

‘छनोट हुने सम्भावना न्युन छ । समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न गाह्रो छ । किनभने हामीले दुई खेल हारिसकेका छौं,’ केसीले भनेका छन् ‘आज नेपाली टिमको सतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारिरक रुपमा पूर्ण तयार थिएनौं । दोस्रो खेल कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ ।’

पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा कतारसँग ३-१ ले हारेको थियो । प्रशिक्षक केसीले बहराइनको मौसम र समयमा घुलमिल भएकोले अब राम्रो प्रदर्शनमा ध्यान दिने कताए ।

‘करिब सात दिन भयो बहराइन आएको, हामी, हाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छन् । त्यसैले राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो,’ केसीले भने, ‘एएफसी यु २० एसियन कपमा छनोट हुनेभन्दा पनि हामी राम्रो प्रदर्शन गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।’

पाँच टोली रहेको समूह बी मा नेपाल अंकविहीन हुँदै पूछारमा छ । अंकविहीन हुने नेपाल एक्लो टोली हो ।

यसअघि बंगलादेशसँग बराबरी खेलेको बहराइनको १ अंक मात्र छ । बहराइन पनि नेपाल विरुद्ध खेल्दा पहिलो जितको खोजीमा हुनेछ । एक जित र एक बराबरीबाट ४ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ ।

समान ३ अंक रहेको कतार र भुटान क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग आइतबार खेल्नेछ ।

यु-२० फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय