+
+

रेसुङ्गाकी पूर्ण अशक्त पुनिकलालाई घरमै परिचयपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १४:१२

२९ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर–१४ रातामाटाकी ४८ वर्षकी पूर्ण अशक्त पुनिकला आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरेको हो ।

आचार्यलाई गत जेठ १५ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले घरमै पुगेर नागरिकता प्रदान गरेका थिए । नागरिताविहीन भएकी आचार्यलाई नागरिता नभएकै कारण सरकारबाट पाउने सेवा सुबिधाबाट वञ्चित थिइन् ।

उनको नागरिता बनेपछि ‘क’ वर्गको अपाङ्गता परिचयपत्र बनेको छ । आचार्यलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेका हुन् ।

अपाङ्गता परिचयपत्र प्रदान गद पन्थीले कुनै पनि नागरिकहरु राज्यको सेवा सुबिधा लिनबाट वञ्चित नहोउन् भन्ने उदेश्यले पूर्ण अशक्त आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको बताए । नागरिकहरुले स्थानीय सरकारको अनुभूति घरमै गरुन भन्ने उदेश्यले अपाङ्गता, अशक्त, बेसाहारा, विपन्न घरघरमै सेवा प्रदान गर्न थालिएको उनले बताए ।

आचार्य एक्कासी बिरामी परेपछि थलिँदै गएर पूर्ण रुपमा अशक्त बनेको परिवारले जनाएको छ । उनलाई ७० वर्षकी आमाले स्याहार सुसार गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?