+
+

देशभर डिजेल र पेट्रोल वितरणको लाइफलाइनमै व्यवसायीको हड्ताल

ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण नेपाल भर इन्धन वितरण हुने अमलेखगञ्ज डिपो सुनसान बनेको छ । डिपोमा इन्धन भर्न ट्यांकरहरु नआएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ २९ गते १८:२७
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । भाडा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका ट्यांकर व्यवसायीले बुधबारदेखि डिजेल र पेट्रोलको आन्तरिक ढुवानी रोकेका छन् ।

नेपाल भर इन्धन वितरण हुने अमलेखगञ्ज डिपोमा इन्धन लिन ट्यांकरहरु उपलब्ध नभएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ ।

‘डिपोबाट दैनिक एक सय ट्यांकर डिजेल र पेट्रोल भर्न आउँथे,’ डिपो प्रमुख प्रदीपकुमार यादवले भने, ‘आज जम्मा २ वटा ट्यांकर आएका छन् ।’ डिपोमा प्रशस्त मात्रामा डिजेल र पेट्रोलको मौज्दात रहेपनि ढुवानी हुन कठिनाइ सुरु भएको डिपो प्रमुख यादवले बताए ।

अमलेखगञ्ज डिपो काठमाडौं उपत्यकासहित पोखरा जस्ता ठूला सहरमा डिजेल र पेट्रोल वितरण गर्ने निगमको प्रादेशिक कार्यालय हो ।

पाइपलाइनबाट आउने डिजेल देशका अधिकांश ठूला सरहमा यही डिपोबाट आपूर्ति हुन्छ । ट्यांकर व्यवसायीले गरेको हड्ताल अझै केहीदिन कायम रहे ठूला सहरमा इन्धनको हाहाकार सुरु हुनेछ ।

हाल अमलेखगञ्ज डिपोमा ३२ लाख ९६ हजार लिटर पेट्रोल मौज्दात छ । पाइपलाइनबाट नियमित रुपमा डिजेल प्राप्त भइरहेका कारण डिजेल पनि पर्याप्त मात्रामा रहेको डिपो प्रमुख यादवले बताए । यादवकाअनुसार काठमाडौं लगायतका सहरका ठूला डिपोमा एक सताका लागि मौज्दात पुग्नेगरी इन्धन यस अघि नै पठाइएको छ । उपत्याकामा तत्काल इन्धन अभाव नहुने पनि उनले दावी गरे ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीहरुको छाता संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धिको माग गर्दै बुधबारबाट अमलेखगञ्जबाट इन्धन ढुवानी नगर्ने घोषणा गरेका थिए । आयल निगमले भने आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई आग्रह गर्दै आएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?