
२९ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।
एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए ।
परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4