
२९ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । जस अनुसार १८ प्रतिशत परीक्षार्थीमात्र उतीर्ण भएका छन् ।
२८ साउनमा लिएको लाइसेन्स परीक्षामा देशभरबाट १ लाख ८१ हजार ५७५ सहभागी भएका थिए । त्यसमध्ये ३२ हजार ८८८ जना अर्थात १८.११ प्रतिशतले मात्रै उतीर्ण भएका हुन् ।
प्रदेश १ बाट ३१ हजार ६८८ जना सहभागी भएकामा ६ हजार ४१९ जना, मधेशमा २५ हजार ८१ जना सहभागी भएकामा २ हजार ६५७ र बागमतीमा २६ हजार २८२ सहभागी भएकामा ६ हजार ५१९ जना उतीर्ण भएका छन् ।
त्यसैगरी गण्डकीमा १७ हजार ७६ परीक्षार्थीमध्ये ३ हजार ७५१, लुम्बिनीमा ३५ हजार १७९ परीक्षार्थीमध्ये ७ हजार ३०५, कर्णालीमा २४ हजार ६१३ परीक्षार्थीमध्ये ३ हजार २४४ र सूदुरपश्चिममा २१ हजार ६५६ परीक्षार्थीमध्ये ३ हजार २६३ ले मात्रै लाइसेन्स पाउन सफल भएका छन् ।
प्रतिक्रिया 4