
३० भदौ, काठमाडौं । आज बिहान साढे आठ बस्ने तय भएको महाअभियोग सिफारिस समितिको बैठक दिउँसोसम्मलाई सारिएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानको क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आज बिहानको बैठकमा बोलाइएको थियो । तर, न्यायाधीशहरुले समितिको बैठकमा नआउने भनेपछि बैठक दिउँसो १ बजेलाई सारिएको समितिका सचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिए । दिउँसो १ बजे पूर्वन्यायाधीशहरुलाई बोलाइएको छ ।
जबराले नाम लिएका कानुन व्यवसायीहरुलाई पनि समितिले आजै सोधपुछ गर्दैछ । कानुन व्यवसायीहरुलाई दिउँसो ३ बजे बोलाइएको समितिका सचिव गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4