३० भदौ, काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
आर्मी र सुदूरपश्चिमबीच बिहीबार तय भएको पहिलो सेमिफाइनल खेल टस नै नभई रद्द भएपछि समूह विजेता बनेको आधारमा आर्मी फाइनल पुगेको हो ।
आर्मी समूह ए को विजेता र सुदूरपश्चिम समूह वि को उपविजेताको रुपमा फाइनल पुगेको थियो ।
यदि सेमिफाइनल खेल हुन नसकेको अवस्थामा समूह विजेता बनेको टोली नै फाइनल पुग्ने प्रावधान छ ।
बुधबार रातिको वर्षाका कारण मैदान भिजेको आर्मी र सुदूरपश्चिमबीचको खेल हुन नसकेको हो ।
आर्मीले अब उपाधिका लागि नेपाल पुलिस क्लब र एनआरएनए एकेडेमीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । पुलिस र एनआरएनएबीच बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ ।
प्रतिक्रिया 4