
रसुवागढी नाका भएर नेपाल भित्रिंदै गरेका मालबाहक ट्रकहरु
३० भदौ, काठमाडौं । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए ।
रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएकाे छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेकाे छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेकाे छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएकाे उनले बताए ।
यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएकाे भन्सार कार्यालयले जनाएको छ । बिहीबार भित्रिएकाे कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4