+

नेपाल र बंगलादेशबीचको फुटबल हेर्नलाई ५०० र १ हजारको टिकट

२०७९ भदौ  ३० गते १४:५८ २०७९ भदौ ३० गते १४:५८
नेपाल र बंगलादेशबीचको फुटबल हेर्नलाई ५०० र १ हजारको टिकट

३० भदौ,  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको टिकट मुल्य ५०० र १ हजार रुपैयाँ तय गरेको छ ।

नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । उक्त खेल हेर्ने दर्शकका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट तोकिएको एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ ।

कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले ४० खेलाडीलाई डाकेर प्रशिक्षण गराईरहेका छन् । मैत्रीपूर्ण खेलका लागि एन्फाले एन्फा उपाध्यक्ष विराटकृष्ण शाहीलाई संयोजक तोकेको छ ।

खेल सञ्चालनका लागि ४८ लाख ६५ हजार रुपैयाँ बजेट लाग्ने एन्फाले जनाएको छ ।

नेपालले गत जुनमा कुवेतमा एएफसी एसियन कप छनोट खेलेपछि नेपाली पुरुष फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएकोमा नेपालले ७ र बंगलादेशले १३ खेल जितेका छन् र ३ खेल भने बराबरी भएको छ ।

नेपाल र बंगलादेशबीच पछिल्लो पटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको भेट १-१ को बराबरीमा सकिएको थियो ।

११ गतेको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टिम ७ असोजमा नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।

नेपाल–बंगलादेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय