
फाइल तस्वीर
काठमाडौं । साम्राज्ञी शाह अभिनित रोमान्टिक फिल्म ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति घोषणा भएको छ । फागुन ५ गते फिल्म देशव्यापी रिलिज हुने निर्माताले जनाएका छन् ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञीसहित गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको प्रमुख भूमिका छ । उक्त मितिमा फिल्मको भीडन्त ‘परदेशी २’सँग पक्का भएको छ ।
निर्देशक लामिछानेले फिल्मको केही भागको छायांकन बाँकी रहेको बताए । बेलायत र फ्रान्समा छायांकन गरिएको फिल्म यात्रामा हुने प्रेमकथामा आधारित छ । धौली र पञ्चेबाजा निर्देशकको यो फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4