+
+

समावेशिताको आधारमा उम्मेदवारको सूची बनाउने जिम्मा कांग्रेसका सहमहामन्त्रीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १६:५५

३० भदौ, काठमाडौं ।  नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउँदा क्लष्टरको आधारमा छनोट गर्ने जिम्मेवारी आठ सहमहामन्त्रीलाई दिएको छ ।

कार्यसम्पादन समितिको बैठकले समावेशीताको आधारमा सूची तय गर्नका लागि अध्ययन गरी रिपोर्ट बुझाउने अधिकार सहमहामन्त्रीहरुलाई दिएको छ ।

कांग्रेसमा समावेशिताको क्लष्टर अनुसार महामन्त्री चुनिएका छन् । उनीहरुले आफ्नो आफ्नो क्लष्टरको सूची बनाउने जिम्मा पाएका हुन् ।

‘समावेशिताको क्लष्टर र पार्टीले बनाएको मापदण्डलाई आधार बनाएर नाम अर्को बैठकमा प्रस्तुत गर्ने भन्ने भयो’, बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने, ‘आएको नामहरुमा क्लष्टर र मापदण्ड हेरेर को कोलाई प्राथमिकता दिने भनेर उहाँहरुले रिपोर्ट बुझाउनुहुनेछ ।’

समावेशिताका लागि मुस्लिम, थारु, महिला, जनजाति, मधेसी, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लष्टर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?