
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना सार्वजनिक गरेको छ । यो ग्राहकमुखी योजना ३० भदौदेखि लागू भएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पनि पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4