
युवक हामफालेको पुल । फाइल तस्वीर
३० भदौ, चितवन । चितवनको नारायणी नदीमा हामफालेका एक युवक वेपत्ता भएका छन् ।
बागमती प्रदेश ३०-२००२ प ९१३६ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर नारायणी नदीमा हामफालेके जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै निलो रंगको चप्पल र सामसुङ कम्पनीको मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ ।
उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । नारायणी नदीबाट हामफालेर आत्महत्याको प्रयास गर्ने क्रम बढ्दै गएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4