
३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पूरक बयान सुरु भएको छ ।
महाअभियोग सिफारिस समितिले जबरासँग आज पूरक प्रश्नहरु सोधेर बयान लिन सुरु गरेको हो ।
यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो । त्यसक्रममा जबराले विभिन्न आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीबार छलफल गरेको थियो । कानुन व्यवसायीहरुसँगको छलफल बिहीबार नै सकिएको छ ।
कानुन व्यवसायीहरुले चोलेन्द्रविरुद्ध प्रमाण काफी भएको भन्दै नयाँ संसदमा लगेर भए पनि महाअभियोग लगाउन माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4