
३१ भदौ, काठमाडौं । २०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची यही असोज २ र ३ गते बुझाउने कार्यतालिका छ । तर २०७४ को बन्दसूची कायम रहेको अवस्थामा अघिल्लो पटकको बन्दसूचीमा परेकाहरुलाई २०७९ को बन्दसूचीमा समावेश गर्न मिल्ने कि नमिल्ने भन्ने अन्यौल थियो । यसबारे दलहरुले प्रष्ट पारिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4