+
+

एमाले सांसदलाई ओलीको निर्देशन : भोलिदेखि संसदमा आउँदैनौं, चुनावमा खटिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १२:४५

३१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि १ असोजको मध्यरातदेखि संसदको कार्यकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।

संकटका बेला पार्टीलाई साथ दिएको भन्दै उनले अगाडि भनेका छन्, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी संसदमा आउँदैनौं ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन् । ओलीले भनेका छन्, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्‍याउन लाग्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?