
काठमाडौं । निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठबीचको विवाद मिलेको छ । शुक्रबार प्रहरी वृत्त, गौशालामा छलफलमा निर्देशक थापाले गल्ती स्वीकार्दै आत्मालोचना गरेपछि मुद्दालाई अघि नबढाउने सहमति भएको हो ।
नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच झण्डै दुई घण्टा छलफल थियो । सुदर्शनले पनि गल्ती स्वीकारेका छन् भने सुजनले पनि पत्रकारिता आचारसंहितामा रहेर काम गर्ने बताएका छन् ।
सुजनले पनि आचारसंहितामा रहेर काम गर्ने बताएपछि मिलापत्र भएको अध्यक्ष पराजुलीले जानकारी दिए । अबदेखि यस विषयमा दुबै पक्षले सामाजिक संजालमा टिकाटिप्पणी नगर्ने सहमति पनि जुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4