३१ भदौ, काठमाडौं । अस्ट्रेलियन पूर्व क्रिकेटर टेभोर बेलिस इण्डियन प्रिमियर लिग (आईपीएल) क्लब पञ्जाव किंग्सको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।
क्लबले आगामी सिजनका लागि उनलाई जिम्मेबारी दिने घोषणा गरेको हो ।
सन् २०१९ मा इंग्ल्याण्डलाई एकदिवशीय विश्वकपको उपाधि दिलाएका ५९ वर्षीय यी प्रशिक्षकले यसअघि आईपीएलमा सन् २०१२ देखि २०१४ सम्म कोलकाता नाइट राइडर्सलाई दुई सिजन उपाधि जिताएका थिए ।
उनले सिड्नी सिक्सर्सबाट विगबास लिगको उपाधिसमेत जितेका छन् ।
सन् २०२१ मा उनी सनराइजर्स हैदराबादको प्रशिक्षक थिए ।
आफ्नो नयाँ भूमिकाप्रति टिप्पणी गर्दै बेलिसले भनेका छन्, ‘म पञ्जावको प्रमुख प्रशिक्षकको भूमिकाका लागि सम्मानित महशुस गरिरहेको छु । उपाधिका भोका दृढ संकल्पित प्रतिभाशाली खेलाडीहरुसँग काम गर्न उत्सुक छु ।’
प्रतिक्रिया 4