
काठमाडौं । बससेवा डटकमले दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनै पनि गन्तव्यका लागि मोबाइल मार्फत सहजै टिकट काट्न सक्नेछन् ।
बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ । साथै दशैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् ।
बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यात्रुहरूले १ असोजदेखि मोबाइलबाट आफ्नो गन्तव्यको टिकट काट्न सक्नेछन् ।
बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बससेवाको सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ गरी सहज रुपमा यात्रा गर्न अनुरोध गरे ।
अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्ने उनले बताए ।
मुलुकभर रहेका इसेवाका १ लाख ५० हजार भन्दा बढी एजेन्ट नेटवर्कबाट समेत टिकाट काट्न सकिने उनको भनाइ छ । साथै खल्ती,आईएमईपेका एजेन्ट नेटवर्कका साथै हरेक बैंकका मोबाइल र्बैकिङ मार्फत समेत टिकट काट्न सकिने उनले बताए ।
प्रतिक्रिया 4