+

भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

२०७९ भदौ  ३१ गते १५:०८ २०७९ भदौ ३१ गते १५:०८
भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

३१ भदौ, काठमाडौं । भुटानलाई ८-० को फराकिलो अन्तरले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

बंगलादेश २०१६ पछि पहिलो पटक फाइनल प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा ४-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा ४ गोल थप्दै भुटानमाथि फराकिलो जित दर्ता गरेको हो ।

बंगलादेशलाई फाइनल पुर्‍याउन कप्तान सबिना खातुनले प्रतियोगिताको दोस्रो ह्याट्रिक गरिन् ।

बंगलादेशसँगको यो हारसँगै पहिलो पटक सेमिफाइनल पुगेको भुटान सेमिफाइनलबाटै बाहिरिएको छ ।

दशरथ रंगशालामा हुने दोश्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपालले भारतसित खेल्ने छ ।

साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय