
३१ भदौ, काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु रोगका संक्रमितहरुलाई औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले डेंगु रोगका संक्रमितहरुको उपचार र महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रणमा मेहनत गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
उनले दर्जनौं मानिसहरुको ज्यान लिईसकेको सो रोग नियन्त्रणका लागि सरकारले पहल गर्न ढिलाई गरिरहेको भन्दै आपत्तिसमेत जनाए ।
सांसद शर्माले भने, ‘डेंगु रोग एउटा भयावह स्थितिमा आएको छ । १२ हजारभन्दा बढि मान्छेहरुलाई प्रभावित बनाएको सूचनाहरु दर्जनौं मानिसहरु दिवंगत भएको सूचनाहरु प्राप्त भएका छन । र, यसको उपचारका लागि सरकारले पहल गर्ने कुरामा ढिलाई किन गराएको छ ? यसको सचेत पहल गरोस् । औषधि उपचारको बारेमा सबै पहलकदमी अगाडि बढाउन मेहनत गरोस् । र, नियन्त्रणमा लागि जोड गरोस् ।’
सांसद शर्माले बाढी र पहिरोबाट आहत भएकाहरुलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
प्रतिक्रिया 4