+
+

सरकारले ‘विद्युत विधेयक, २०७७’ फिर्ता लियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १६:०८

३१ भदौ, काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधीन ‘विद्युत विधेयक, २०७७’ फिर्ता लिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ताव फिर्ता भएको घोषणा गरे । उनले भने, ‘माननीय सदस्यहरु, नेपालको संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली २०७५ को नियम ११६ बमोजिम अब म माननीय ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई राष्ट्रियसभामा विचाराधिन विद्युत विधेयक २०७७ फिर्ता गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु ।’

राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १० बजेर ५९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?