
काठमाडौं । उपाय र ई–सेवाबीच व्यापारीक सहकार्य गर्ने सम्झौता भएको छ । जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, ई-सेवाको एपमार्फत पनि उपभोक्तालाई उपलब्ध हुनेछ ।
प्रारम्भिक चरणमा ई–सेवाले आफ्नो एपमा ‘“घर सराइ सेवा’ समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सक्नेछन् । उपभोक्ताले आफ्नो रोजाइको सेवा र गाडी पनि छान्न सक्नेछन् ।
असोज महिना देखि यो एपमार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिकअप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उपलब्ध गराउने छ ।
उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीका अनुसार साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्न मद्धत पुग्नेछ ।
ई–सेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाइले ई–सेवाले आम जनतालाई सहज हुने किसिमका सेवा प्रदान गर्दै आइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4