
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला अस्पताल प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै आईएमई जनरल इन्स्योरेन्सबाट औषधि उपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म अस्पतालबाट नगदरहित उपचार सेवा प्राप्त गर्र्ने छन् ।
उक्त सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पातालका हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद चौधरीले हस्ताक्षर गरे ।
सो अवसरमा रेग्मीले अस्पातालबाट आफना ग्राहकले सम्झौता अनुसारको सेवा सुविधा पाउनेमा अपेक्षा राखे । उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधि उपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4