+
+

अपडेट : अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

जनक विष्ट जनक विष्ट
२०७९ असोज १ गते ९:४१

१ असोज, धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए ।

उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।

यसअघि  तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?