
१ असोज, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।
यो बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरुले बताएका छन् ।
शनिबार विहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरुलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । शनिबार दिउँसो ३ बजेपछि बसेको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4