
१ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले पाएका छन् ।
शनिबार दिउँसो सुरु भएको बैठकमा चोलेन्द्रलाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवाद भएको थियो । त्यसपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई प्रतिवेदनको निष्कर्ष लेख्ने जिम्मा दिइएको एक सदस्यले बताए ।
सभापतिले दिएको निष्कर्षमा सबै सदस्यको चित्त बुझेमा एकमतले पारित गरिने र चित्त नबुझेमा पुनः छलफल हुने ती सदस्यले बताए ।
समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4