+

हल्याण्डले गरे अर्को गोल, सिटीको सहज जित

२०७९ असोज  १ गते १९:३४ २०७९ असोज १ गते १९:३४
हल्याण्डले गरे अर्को गोल, सिटीको सहज जित

१ असोज, काठमाडौं । एर्लिङ हल्याण्डले गोल गर्ने क्रम जारी राख्दा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा ओल्भ्सलाई हराएको छ ।

शनिबार भएको खेलमा सिटीले झण्डै एक घण्टा १० खेलाडीमा सीमित भएको ओल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो ।

ओल्भ्सको घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोलीले पहिलो मिनेट नै ज्याक ग्रिलिसको गोलबाट अग्रता लिएको थियो । १६औं मिनेटमा हल्याण्डले अग्रता दोब्बर बनाए । यो सिजन बोरुसिया डर्टमण्ड छाडेर सिटी आएका उनको लिगको ७ खेलमा ११औं गोल हो ।

खेलको ३३ औं मिनेटमा घरेलु टोली १० खेलाडीमा सीमित भयो । सिटीका ग्रिलिसलाई फउल खेलेपछि नेथन कोलिन्सले रातो कार्ड पाए ।

खेलको ६९औं मिनेटमा फिल फोडनले गोल गरेपछि सिटीले ३–० को जित हात पारेको छ । जितसँगै सिटी ७ खेलबाट १७ अंकका साथ शीर्ष स्थानमा छ ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय