+
+

एमाले सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते ६:४६

२ असोज, भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।

शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो । आजको  बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् ।

शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।

आजको बैठक ११ बजेपछि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?