
२ असोज काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार -कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को लाइसेन्सका लागि आावेदन माग गरेको छ ।
बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको हो ।
बोर्डले गत साता मात्रै धितोपत्र व्यवसायी -धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको पाँचौ संशोधन गरेको धितो । बोर्डले यसपटक दलाल व्यवसायीको लाइसेन्समा कोटा नतोकी योग्य सबै आवेदकलाई लाइसेन्स दिनेगरी नियमावली संशोधन गरेको छ । नियमावली संशोधन भएर प्रथम पटक लाइसेन्स दिएपछि भने बजारको अवस्था अध्ययन गरेर हरेक ३/३ वर्षमा लाइसेन्सको आवेदन माग गर्न सकिनेछ ।
सीमित कार्य गर्ने दलाल व्यवसायीको लागि न्युनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने दलाल व्यवसायीको लागि न्युनतम चुक्ता पुँजी ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड न्युनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।
बोर्डले स्टक ब्रोकर र स्टक डिलरको लागि सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
यस्तै बोर्डले धितोपत्र बजारका लागि पनि आवेदन माग गरेको छ । दुई साता अघि मन्त्रिपरिषबाट स्वीकृत भएर बोर्ड सञ्चालक समितिले संबोधन गरेको धितोपत्र बजार सञ्चालन नियमावलीले न्युनतम ३ अर्ब चुक्ता पुँजी सहित निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने बाटो खुलाएको थियो ।
बोर्डले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि आवेदन माग गरेको छ । संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेञ्जमा प्राइभेट कम्पनीले पनि लगानी गर्न सक्नेछन् भने एकाघर परिवारको लगानी रहेको कम्पनीले १५ प्रतिशतभन्दा बढी सेयर ग्रहण गर्न सक्ने छैन ।
कमोडिटी बजारको लागि तेस्रो पटक आवेदन माग
धितोपत्र बोर्ड वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) का लागि तेस्रो पटक आवेदन माग गरेको छ ।
यसअघि दुईपटक आवेदन लिएर लाइसेन्स दिन नसकेको बोर्डले तेस्रो पटक ४५ दिने सूचना सहित आवेदन माग गरेको हो ।
प्रतिक्रिया 4