
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् ।
लौहपुरूष गणेशमान सिंहको २५औं स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए ।
संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाइ छ ।
स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा सिंहको जोड थियो ।
सत्तागठबन्धनमा अहिले सिट बाँडफाँटका बारेमा छलफल भइरहेकाले छिट्टै निकास निस्कने पनि सिंहको भनाइ थियो । ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५औं स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो ।’
गणेशमान सिंहले देखाएको बाटो हिँड्न सकेमात्र लोकतन्त्र बलियो हुने भन्दै नेपाली राजनीति मा गणेशमान सिंहको योगदानको चर्चा गर्नु भयको छ । कार्यक्रम गणेशमान सिह फाउन्डेसनको आयोजनामा भएको हो ।
प्रतिक्रिया 4