
२ असोज, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिफारिस गरेको छ । तर, समितिबाट सिफारिसको पत्र भने प्राप्त भइनसकेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बताएको छ ।
‘महाअभियोग सिफारिस समितिबाट पत्र आएको छैन । पत्र आएपछि आफ्नो प्रक्रिया अनुसार अगाडि बढ्ने हो । पत्र कस्तो आउँछ त्यस अनुसार हुन्छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4