
फाइल तस्वीर
२ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालनको समय बढाएको छ । यसअघि कार्यालय समयमा मात्रै चल्ने पसल आइतबारदेखि दैनिक बिहान ८ बजेबाट बेलुकी ७ बजेसम्म सञ्चालन हुने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
कार्यालय समयमा मात्रै दिंदा ग्राहकलाई अप्ठ्यारो पर्ने गुनासो पछि समय थप गरिएको उनले बताइन् । ‘अब दैनिक ११ घण्टा सहुलियत पसल सञ्चालन हुनेछ,’ सुवेदीले भनिन्, ‘अब ग्राहकले ढुक्कसँग वस्तु खरिद गर्न सक्छन् ।’
दशै तिहार र छटसम्मका लागि ४५ दिन सम्म सञ्चालन हुनेगरी सरकारले देशभर शनिबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको थियो । सहुलियत पसलमा खाद्यान्न, तेल, गेृडागुडी र पिठो तथा आँटा पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4