
२ असोज, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको आरोप लगाएका छन् ।
महाअभियोग सिफारिस समितिले महाअभियोगि लगाउनु पर्ने भनेर संसदलाई प्रतिवेदन समेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्कन नमिल्ने उनले बताए ।
‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरुको कार्यकाल सकिएको हो । संसद सकिएको होइन । संसद सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो । संसद अविछिन्न उत्तराधिकारवाला संस्था हो । त्यसैले गर्दा संसद सकिँदैन’, उनले भने ।
सर्वोच्च अदालत परिसरमा पत्रकारसित कुरा गर्दै उनले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएकोले प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताए ।
प्रतिक्रिया 4