
काठमाडौं । सामसङले दशैं–तिहार पर्वलाई लक्षित गरी ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ । निःशुल्क इन्स्टलेसन लगायत ग्राहकले छनोट गरेका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो अफर १ असोजदेखि २९ कात्तिकसम्म लागू हुनेछ । घरेलु उपकरणहरू अपग्रेड गर्ने योजनामा रहेका ग्राहकहरुले टिभी, रेफ्रिजरेटर वा वासिङ मेसिनहरू खरिद गर्न यो अफर उत्तम हुने कम्पनीको भनाइ छ ।
यो अफर सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ । सामसङ टिभीहरू मार्फत सामसङको प्रिमियम रेन्जका टिभीहरू मध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबार सहित खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
सामसङको रेफ्रिजरेटर खरिद गर्ने ग्राहकले २५ प्रतिशतसम्म र ब्रान्ड न्यू सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के यूएचडी टिभी खरिद गर्दा १५ प्रतिशतसम्मको क्यासब्याकको साथमा निःशुल्क साउन्डबार पाउन सकिने छ । सामसङ फ्रेम मोडेलका टिभी खरिदमा पनि निःशुल्क साउन्डबारको साथमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ। १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्यूएलईडी टिभीहरूको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९ प्रतिशत सम्मको छुट प्राप्त हुनेछ।
फाइभ इन वन कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीको साथ उपलब्ध हुने कम्पनीको भनाइ छ। यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१ प्रतिशत छुटमा उपलब्ध रहेको छ ।
कम्पनीका अनुसार एआई ईकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टी सहित उपलब्ध रहेको छ। यसमा सजेस्टिभ साइकलको साथ पर्सनलाइज्ड लुगा धुने अनुभव पाउन सकिने छ। साथै ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिने छ।
प्रतिक्रिया 4