+
+

४३ वर्षमा ५३ पटक बिहे

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १६:२७

काठमाडौं । साउदी अरबका एक ६३ वर्षीय व्यक्ति पछिल्लो दिनमा चर्चामा छन् । अबू अब्दुल्लाले आफ्नो जीवनमा ४३ वर्षको अन्तरालमा ५३ पटक बिहे गरेर अनौठो कीर्तिमान कायम गरेका छन् ।

उनले जिन्दगीमा अर्धशतक भन्दा बढि पटक बिहे गर्नुको कारण केवल खुसी पाउन वा सम्बन्ध बनाउनका लागि मात्र होइन । जीवनमा सन्तुलन तथा दिमागी शान्ति हासिल गर्नका लागि ५३ पटक बिहे गरेको उनको भनाइ छ ।

गल्फ न्यूजको रिपोर्ट अनुसार अब्दुल्लाले आफूलाई खुसी राख्नसक्ने महिलाको खोजीमा यतिधेरै बिहे गरेको बताएका छन् ।

उनको पहिलो विवाह २० वर्षको उमेरमा भएको थियो । पहिलो पत्नी अब्दुल्ला भन्दा ६ वर्ष जेठी थिइन् । उनीहरुले बच्चा पनि जन्माए । तर त्यसको केही समयमै लोग्ने स्वास्नीबीच झगडा हुन थाल्यो ।

त्यसपछि २३ वर्षको उमेरमा उनले दोश्रो बिहे गरे । दोश्रो पत्नी घरमा आएसँगै दुईवटी पत्नीबीच झगडा चर्किन थाल्यो । त्यसपछि उनले लगातार तेश्रो र चौथो बिहे गरे । घरमा चारवटी पत्नी भएपछि झगडा पनि बढ्दै गयो । त्यसपछि दिक्क भएर अब्दुल्लाले सुरुका तीनवटी पत्नीलाई डिभोर्स दिए र कान्छीसँग बसे ।

समाचार अनुसार अब्दुल्लाले केही दिनअघि मात्रै ५३ औं बिहे गरेका छन् । अब भविष्यमा थप बिहे नगर्ने उनको भनाइ छ ।

रोचक त के भने उनको एउटा विवाह त केवल १ रातभर मात्रै टिक्यो । उनले साउदी का महिलासँग मात्र होइन विदेशी महिलाहरुसँग पनि विवाह गरेका थिए । ती सबै विवाहका पछाडिको उद्देश्य आफ्ना लागि एक पर्फेक्ट पत्नी पाउनु थियो जसले उनलाई खुसी राख्नुका साथै बुझ्न सक्थिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?